ad ad

कला


प्रिमियर शोमा दया र मिरुना स्टारर फिल्म ‘घरज्वाइँ’ लाई उत्कृष्ट प्रतिक्रिया

प्रिमियर शोमा दया र मिरुना स्टारर फिल्म ‘घरज्वाइँ’ लाई उत्कृष्ट प्रतिक्रिया

नेपालखबर
असार २६, २०८१ बुधबार १२:२५, काठमाडौँ

मंगलबार साँझ काठमाडौँमा गरिएको प्रिमियर शोमा फिल्म ‘घरज्वाइँ’ लाई रुचाइएको छ। अनिल बुढा मगर निर्देशित यस फिल्मलाई राजनीतिज्ञदेखि चलचित्रकर्मीले उत्कृष्ट भन्दै प्रतिक्रिया दिएका छन्।

प्रिमियर शोमा फिल्म टिमसहित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, अभिनेत्री उपासना सिंह ठकुरी, पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्देशक तथा वितरक अशोक शर्मा लगायत उपस्थित थिए।

प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले मगरका टिपिकल कुराहरु उठाएको भन्दै फिल्म उत्कृष्ट बनेको बताइन्। 

अभिनेत्री उपासना सिंह ठकुरीले पनि फिल्म निकै मन परेको सुनाइन्। 

‘यो फिल्मको स्टोरी लाइन नै एकदमै फरक लाग्यो। म सुदुरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो। यो फिल्मले महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिएर चाहीँ पहिलो प्रथामितामा राख्ने संस्कृति राम्रो लाग्यो,’उनले भनिन्। 

फिल्मका मुख्य अभिनेता दयाहाङ राईले ५ वर्षअघि फिल्मको कन्सेप्ट बनेको बताउँदै यो फिल्मले मगर संस्कृति बोकेको सुनाए। 

अभिनेत्री मिरुना मगरले सम्पूर्ण नेपाली फिल्मका दर्शकले पनि मगर कल्चर जान्न र बुझ्नको लागि पनि यो फिल्म हेर्न जरुरी रहेको सुनाइन्।

सुसन प्रजापतिले खिचेका फिल्मको छायाङ्कन पूर्वी रुकुम आसपासमा छायांकन गरिएको हो। फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ। 

अनिल बुढा मगरको डेब्यु निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। यो फिल्म असार २८ गतेबाट विश्वभर एकसाथ प्रदर्शन हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .