राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ता पदबाट हटाइएका डा. मुकुल ढकालले आज (बुधबार) पत्रकार सम्मेलन गर्ने भएका छन्।
मंगलबार रास्वपा केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सिफारिसअनुसार उनलाई साधारण सदस्य मात्र रहनेगरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको हो।
त्यसलगत्तै फेसबुकमा आफू ‘रवि लामिछाने क्लबबाट मात्र निकालिएको’ भनी टिप्पणी गरेका ढकालले बाँकी कुरा भोलि (बुधबार) भनेका थिए।
सोअनुरूप आज उनले काठमाडौँको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे आयोजना गरिने डा. ढकालले बताएका छन्।
222
Shares

प्रतिक्रिया