राजनीति


आफ्ना सांसदका लागि डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण कार्यक्रम गर्दै रास्वपा

आफ्ना सांसदका लागि डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण कार्यक्रम गर्दै रास्वपा

फाइल फोटो


नेपालखबर
असार १९, २०८३ शुक्रबार १०:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्ना सांसदका लागि डिजिटल प्लेटफर्म सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ। 

रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको  (PulseRSP) नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरूलाई  जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतनासमेत प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण गर्न लागिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 

रास्वपा संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा सभापति रवि लामिछाने पनि सहभागी हुनेछन्। कार्यक्रमको उद्घाटन लामिछाने गर्ने तय भएको छ। 

अब आफू सहभागी बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा सिस्टममा अपडेट गराउनुपर्ने नियम रास्वपाले बनाएको छ। त्यसकै लागि यो अभिमुखीकरण गर्न लागिएको हो। 

यो प्रणालीबाट एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने पनि सो पार्टीले जनाएको छ।

त्यसैगरी संसद्‍मा बोल्ने विषयवस्तुसमेत सम्बन्धित सांसदले सोही सिस्टममा अपडेट गर्नुपर्ने छ। 

निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारीसमते सोही पोर्टलमा गराउनुपर्ने सो पार्टीले जनाएको छ।

नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग त्यही माध्यमबाट गुनासा राख्न सक्ने र त्यसको ट्रयाकिङ हुने छ। त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन हुने जस्ता फिचरहरुसमेत तयसमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad