ad ad

समाज


सडकमा लेदो बग्न थालेपछि अरनिको राजमार्गमा सवारी बन्द

सडकमा लेदो बग्न थालेपछि अरनिको राजमार्गमा सवारी बन्द

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८१ बुधबार १०:१३, काठमाडौँ

सडकमा लेदो बग्न थालेपछि काभ्रेमा सवारी साधन रोकिएका छन्।

धुलिखेल नगरपालिका- ८ पकुचास्थित अरनिको राजमार्गमा अविरल वर्षाको कारण सडक हिलो भएपछि गाडी चलाउन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

पहिराे र हिलोको कारण निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा गाडी गुडाउन समस्या भएपछि बुधबार बिहानदेखि बाटो दुवैतर्फ सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीले बाटो खुलाउने हरसम्भव प्रयास गरिरहेको जनाएको छ। त्यसका लागि सडक विभागसँग पनि समन्वय भैरहेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

हिलो–लेदो माटोमा मालवाहक गाडी फसेका छन्। श्रेष्ठका अनुसार धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा सबै सवारीसाधन रोकिएका छन्।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .