राष्ट्रिय सभाको बैठक प्राविधिक समस्याका कारण स्थगित भएका छ।
शुक्रबार दिउँसो राष्ट्रिय सभाको बैठक सञ्चालन भएको थियो। बैठक सञ्चालन भएको केही समयमै बैठकको ‘लाइभ अडियो’मा समस्या आएको थियो।
तैपनि केहीबेर राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालन गरेका थिए। तर, अडिओ नसुनिएपछि अध्यक्ष दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमा मन्त्रालयगत छलफल रहेको छ।
42
Shares

प्रतिक्रिया