राजनीति


रास्वपाको कारबाहीपछि मुकुलको टिप्पणी- ‘रवि लामिछाने क्लब’बाट निष्कासन भएको हुँ

‘पार्टीभित्र घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि’
रास्वपाको कारबाहीपछि मुकुलको टिप्पणी- ‘रवि लामिछाने क्लब’बाट निष्कासन भएको हुँ

फाइल तस्बिर : डा. मुकुल ढकाल


नेपालखबर
असार २५, २०८१ मंगलबार १३:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री, प्रवक्तालगायतको जिम्मेवारीबाट हटाउने निर्णयलाई डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लबको कारबाही’ भनी टिप्पणी गरेका छन्। 

आजै (मंगलबार) बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो। 

त्यसलगत्तै सामाजिक सञ्जालमार्फत ढकालले रास्वपाबाट निकालिएको नभई रवि लामिछाने क्लबबाट मात्र निकालिएको दाबी गरेका हुन्। 

उनले पार्टीभित्र ‘घण्टी बज्न नरोकिने’ र राष्ट्रय स्वतन्त्र पार्टी बनाउने संकल्प जारी रहने जिकिर पनि गरेका छन्। 

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि...।’

रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्न सिफारिस गरे पनि केन्द्रीय समितिले भने साधारण सदस्य कायमै रहने गरी अन्य जिम्मेवारीबाट मात्र हटाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad