ad ad

राजनीति


भ्रष्टचारीलाई आफ्नो र अर्को नभन्न नेकपा गण्डकीको माग

भ्रष्टचारीलाई आफ्नो र अर्को नभन्न नेकपा गण्डकीको माग

वाशुदेव मिश्र
फागुन १५, २०७६ बिहिबार १४:२९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकीको तेस्रो बैठकले सुशासनको लागि आफ्नो अर्को नभन्न र निर्ममतापूर्वक अगाडि बढ्न तीनवटै तहका सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कमिसन काण्डमा मुछिएपछि राजीनामा गराइएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेकै दिन नेकपा गण्डकीले सो निर्णय गरेको हो।

२० बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा गण्डकीले वालुवाटार, मातातीर्थ लगायत विभिन्न ठाउँका सरकारी, सार्वजनिक र गुठी जग्गाहरुको अतिक्रमण रोक्न नेपाल सरकारले चालेका कदमलाई समर्थन गरेको छ। बालुवाटार जग्गा प्रकरणमा नेकपाकै नेताहरु जोडिएका छन्। तीमध्ये महासचिव विष्णु पौेडेलका छोराको नाममा भएको जग्गा फिर्ता गरिएको छ।

नेकपा गण्डकीले बाँकी अतिक्रमित जग्गा फिर्ता गर्न जस्तोसुकै कठोर कदम चाल्न परे पनि पछि नहट्न नेपाल सरकारसँग अनुरोध पनि गरेको छ। बैठक सबैखाले गुटवन्दीको अन्त्य गर्दै पार्टीलाई विचारधारात्मक, संगठनात्मक तथा भावनात्मक रुपमा एकतावद्घ, सुदृढ र सवल पार्ने प्रतिवद्घता जाहेर गरेको छ। पार्टीमा गुटबन्दी मौलाएको बेला नै गण्डकीले यो निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .