ad ad

राजनीति


धारा ७६ (२) अनुसार नै नयाँ सरकार बन्छ : एमाले

धारा ७६ (२) अनुसार नै नयाँ सरकार बन्छ : एमाले

नेपालखबर
असार २३, २०८१ आइतबार १२:२२, काठमाडौँ

नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको अन्तिम तयारीमा रहेको नेकपा एमालेले अब बन्ने सरकार संविधानको धारा ७६(२) बमोजिम नै बन्ने दाबी गरेको छ। 

आइतबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यावहारिक सबै कारणहरूबाट धारा ७६(२) बमोजिम नै सरकार बन्ने स्पष्ट पारेको हो। 

‘यसका व्यावहारिक, सर्वोच्च अदालतका नजिरहरू, राजनीतिक, संवैधानिक सबै कारणले गर्दा पनि ७६(२) बमोजिम नै सरकार बन्छ। पहिलो कुरा, हाम्रा अभ्यासहरू त्यही नै छन्,’ बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुई ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर सरकार निर्माण गर्ने भनिसकेपछि त्यो आधारबाट पनि ७६(२) बमोजिम अघि बढ्न सक्छौँ।’

उनले कोसी र गण्डकी प्रदेशको नजिरबारे व्याख्या गर्दै केन्द्रमा पनि त्यस्तै हुने बताए। 

‘सर्वोच्चका केही नजिरहरू पनि छन्। अहिले गण्डकी प्रदेश सरकार १६८ (२) बमोजिमको हो। पहिलो खगराज अधिकारी माननीयज्यूको सरकार  १६८ (२) बमोजिमको थियो,’ बर्तौलाले भने, ‘अहिले पनि  १६८ (२) बमोजिमकै छ। त्यस्तै, कोसीमा १६८ (५) बमोजिम भयो, पछाडि अहिले त्यही धारा बमोजिम बन्यो।’

उनले संविधानको धारा ७६ (३) बमोजिम सरकार बनाउनुपर्ने भन्दै अहिले राजनीतिक वृत्तमा भ्रमपूर्ण प्रचार गर्न खोजिएको बर्तौलाको भनाइ थियो। 

‘अर्को कुरा, ७६ (३) बमोजिम बन्ने सरकार भनेको नेपाली कांग्रेस ठूलो दलको हिसाबले सरकार बनाउने भन्ने व्याख्या गर्न खोजिएको छ। यो संविधानलाई भ्रमपूर्ण प्रचार गर्न खोजिएको विषय हो,’ उनले भने। 

उनले अघि थपे, ‘संविधानको धारा ७६ (३) बमोजिम बन्छ भनेको सरकार स्वयंले नेपालको संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार बनाउन नेपाली कांग्रेस र एमाले यसरी जाँदैछौँ भन्ने कुराको एउटा समझदारी बनाएर अघि बढेको अवस्था छ। यो भनिरहेको भनेको मुलुकलाई अस्थिरतातर्फ लान सकिन्छ कि भन्ने खालको षड्यन्त्र हो। यो सरकार ७६(२) बमोजिमबाटै बन्छ। अन्य विषय केवल भ्रम सिर्जना गर्न खोजिएको पनि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .