ad ad

कला


‘माइली’ बाट फिल्मबाट डेब्यु गर्दै कमला घिमिरे

‘माइली’ बाट फिल्मबाट डेब्यु गर्दै कमला घिमिरे

नेपालखबर
असार २३, २०८१ आइतबार १२:२४, काठमाडौँ

फिल्म ‘माइली’ मा गायिका कमला घिमिरे अनुबन्धित भएकी छिन। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्मबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यु’ गर्न लागेकी हुन्।

यो फिल्म बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको हो। निर्माणटिमले कमलाको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ। 

सार्वजनिक पोस्टरलुकमा कमलालाई मन्द मुस्कानमा देख्न सकिन्छ। उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ।

कमलाले आफूलाई संगीतमा झैं फिल्ममा पनि दर्शकले माया दिने आशा रहेको बताइन्। ‘दर्शकले मलाई फिल्ममा पनि माया र साथ दिनुहुनेछ जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो। आज मैले फिल्म गर्ने अबसर पाएँ, म सम्झिन चाहान्छु मेरा ति सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक श्रोताले धेरै माया गरेर आज यो ठाउँ सम्म पुर्‍याउनुभयो’, उनले भनिन्।
 
कमला एक समय युट्युब र सामाजिक सञ्जालमा भाइरल बालगायिका समेत हुन्।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए। 

‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ रु उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छरु यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने।

फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ। असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .