ad ad

राजनीति


तिब्बतमा उपसभामुख रानाले भनिन्- नेपाल ‘एक चीन नीति’मा दृढ

तिब्बतमा उपसभामुख रानाले भनिन्- नेपाल ‘एक चीन नीति’मा दृढ

नेपालखबर
असार २१, २०८१ शुक्रबार ९:२०, काठमाडौँ

उपसभामुख इन्दिरा राना मगरले ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन आवश्यक रहेको बताएकी छन्। 

चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा बिहीबार  सम्बोधन गर्दै उपसभामुख रानाले  चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरूबीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखेकी हुन्। 

उनले फोरम ट्रान्स हिमालयन राष्ट्रहरूलाई उनीहरूको साझा समृद्धि र विकासको लागि एकसाथ ल्याउन चीनको अत्यन्त महत्त्वपूर्ण प्रयास भएको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरुका बिचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रर्बद्धन गर्न र आपसी सहयोग विकास गर्न महत्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास पनि व्यक्त गरिन्। 

‘ट्रान्स हिमालयन फोरम यस क्षेत्रका देशहरूका बीचमा थप सहकार्यका लागि मार्ग‍प्रशस्त गर्नका लागि व्यापक सम्भावना र अवसरहरू प्रदान गर्नेछ’, उनले भनिन्, ‘यो फोरमले बीआरआईलाई मात्र नभई देशहरूबीचको व्यापार, पारवहन र लगानीलगायतका सामाजिक–आर्थिक सहकार्यलाई पनि प्रवर्द्धन गर्नेछ।’

ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठूला परियोजनाहरूलाई कार्यान्वयनको आवश्यकता औल्याउँदै उहाँले यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक हुने बताइन्।

उपसभामुख रानाले  नेपाल र चीन नजिकका छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार चर्चा गर्दै नेपाल ‘एक चीन नीति’मा दृढ रहेको दोहोर्‍याइन्। उनले नेपालको  माटोमा चीनविरुद्ध कुनै पनि शत्रु गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरिन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .