ad ad

राजनीति


एकीकृत समाजवादीमा साविककै नेतृत्व सर्वसम्मत

एकीकृत समाजवादीमा साविककै नेतृत्व सर्वसम्मत

नेपालखबर
असार २०, २०८१ बिहिबार १८:४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनमा सहमति जुटेको छ। सहमतिअनुसार अध्यक्षमा माधव नेपाल दोहोरिएका छन्।

त्यस्तै झलनाथ खनाल सम्मानित नेताका रूपमा दोस्रो वरीयतामै कायम रहने भएका छन्। महासचिव घनश्याम भुसाल निरन्तर रहने भएका छन्।

एकीकृत समाजवादीका नेता मोहन गौतमका अनुसार मुख्य नेतृत्वबीच सहमति भएपछि यी तीन पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो।

सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। त्यसलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न नेताहरू छलफलमा जुटेका थिए। अध्यक्ष माधव नेपालले बिहीबार बिहानैदेखि विभिन्न नेताहरूसँग छलफल थालेका थिए।

एकीकृत समाजवादीको महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि रहेका छन्।

यसअघि घनश्याम भुसालले पुस्तान्तरणको नारा दिएर अध्यक्षमा दाबी गरेका थिए। पद छाड्न नेपाल तयार नभए कार्यकारी शक्ति महासचिवमा हुने गरी विधानमा सेरेमोनियल अध्यक्षको व्यवस्था गर्नुपर्ने उनी पक्षका नेताहरूको अडान थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .