ad ad

राजनीति


कांग्रेसले भन्यो– ओलीलाई ७६(२)अनुसार प्रधानमन्त्री बनाउने सहमति

कांग्रेसले भन्यो– ओलीलाई ७६(२)अनुसार प्रधानमन्त्री बनाउने सहमति

नेपालखबर
असार १९, २०८१ बुधबार १४:४८, काठमाडौँ

नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने खुलासा गरेको छ। बुधबार बिहान बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले त्यस्तो बताएको हो।


‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ कांग्रेसले भनेको छ।

त्यस्तै बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलबीच भएको सहमतिलाई पनि अनुमोदन गरेको थियो।  

त्यस्तै दुई नेताबीचको सुरुमा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा चुनावसम्मै प्रधानमन्त्री बन्ने सहमति बनेको समेत कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .