ad ad

कारोबार


सहकारीका ऋणीले पाकेको ५० प्रतिशत ब्याज तिरे ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने

सहकारीका ऋणीले पाकेको ५० प्रतिशत ब्याज तिरे ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने

नेपालखबर
असार १९, २०८१ बुधबार १५:४, काठमाडौँ

सहकारी विभागले सहकारी संघसंस्थाहरूलाई असल ऋणीहरूले पाकेको ब्याजको ५० प्रतिशत रकम तिरेमा बाँकी साँवालाई ३ महिनाका लागि पुनर्तालिकीकरण गर्न निर्देशन दिएको छ।

बुधाबर सहकारी संघसंस्थालाई निर्देशन जारी गर्दै विभागले ऋणीलाई थप सहुलियत दिन भनेको हो।

विभागले परिस्थितीजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीको हकमा यो व्यवस्था लागू गर्न भनेको छ।

यस्तो सुविधा खराब ऋणीको सूचिमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूले मात्र पाउनेछन्।

विभागले कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न गर्नुपर्ने र पुनर्तालिकीकरणपछि कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखाङ्कन गर्न सहकारीलाई निर्देशन दिएको छ।

सहकारीले कर्जा पुनर्तालिकीकरण गर्दा ऋणीबाट कुनै प्रकारको शुल्क वा हर्जना लिन पाउने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .