ad ad

राजनीति


संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : प्रतिनिधिसभा सचिव अधिकारी

संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : प्रतिनिधिसभा सचिव अधिकारी

नेपालखबर
असार १९, २०८१ बुधबार १४:१२, काठमाडौँ

प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताएका छन्।

बुधवार सभामुख देवराज घिमिरेबाट प्रतिनिधिसभा सचिवको रुपमा शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको कामलाई व्यवस्थित गर्न भूमिका खेल्ने बताए। उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडि बढ्ने बताए। 

‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधिसभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्‍याउनु हो,’ उनले भने, ‘सम्माननीय सभामुखज्यूको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरु पर्छन्। सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भूमिका रहनेछ।’

अधिकारीलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .