ad ad

कारोबार


बैंक तथा वित्तीय संस्थामा पैसा धेरै भएपछि ५० अर्ब रकम खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा पैसा धेरै भएपछि ५० अर्ब रकम खिच्दै राष्ट्र बैंक

नेपालखबर
असार १९, २०८१ बुधबार १४:२७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ।

बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूबाट उक्ता रकम निक्षेपको माध्यमबाट प्रशोचन गर्न लागेको जनाएको हो। 

बैंक तथा वित्तीय सस्थाहरूले कम्पनी १० करोड देखी बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकम रकम निक्षेपमा राख्न सक्नेछन्। 

बैंक तथा वित्तीय क्षेत्रमा पैसा (तरलता) प्रशस्त भएको अवस्थामा तरलता व्यवस्थपनका लागि केन्द्रीय बैंकहरूले समय समयमा पैसा खिच्ने गर्दछन्। बुधबार पनि बोलकबोल मार्फत बैंकले २१ दिनका लागि बैंक वित्तीय संस्थाहरूबाट पैसा खिच्न लागेको हो।

बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम खिच्दैछ। 

बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा राख्ने रकम र ब्याजदरसहित असार १९ गते अपराहन्न ३ बजेसम्म आवेदन दिन पर्नेछ।

अनलाईन विडिङ सिस्टम सफ्टवेयरबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्रबैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोक्ने ब्याजदरका आधारमा कम ब्याजदरलाई पहिलो प्राथामिकतााम राखिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .