ad ad

समाज


चोरीको आरोपमा झापाबाट ६ जना पक्राउ

चोरीको आरोपमा झापाबाट ६ जना पक्राउ

नेपालखबर
असार १९, २०८१ बुधबार १२:५५, झापा

झापाका विभिन्न स्थानमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

इलामको रोङ गाउँपालिका ५ स्थायी घर भई हाल झापाको अर्जुनधारा नगरपालिका ११ बस्ने दुर्गादेवी श्रेष्ठको घरमा र स्टाफ चोककी उमा श्रेष्ठको घरमा गएको जेठ १८ गते चोरी भएको थियो।

यस्तै जेठ २१ गते बिर्तामोड नगरपालिका ५ नयाँ नमूना टोल बस्ने गंगा काफ्ले पौडेलको घरमा पनि चोरी भएको थियो। 

चोरीका यी घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले चोरीमा संलग्न ६ जनालाई चोरी भएको सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्ण चन्दले जानकारी दिए। पक्राउ पर्नेमा चोरीमा संलग्न र चोरीका सामान किनबेच गर्ने व्यक्ति छन्। 

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका- ३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुनको औंठी बिक्रि गर्ने सोही ठाउँका २७ वर्षीय कृष्ण थापा, औंठी खरिद गर्ने पाथीभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका संचालक ४३ वर्षीय अर्जुन विश्वकर्मा, सोही पसलका नितेश बराइली, सुनको औठी खरिद गर्ने प्रतिक्षा भेराइटी किनारा पसल संचालक मेचीनगर नगरपालिका- १० का ४० वर्षीय सुरेश कुमार दास र अर्जुनधारा नगरपालिका- ११ गिरी बन्धु टि स्टेटमा काम गर्ने ५१ वर्षीय सुनिल राजवंशी रहेका छन्। 

बगानकै क्वार्टरमा बस्ने राजवंशीले चोरी गरेको औँठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गरेको प्रहरीको आरोप छ। 

जिल्ला अदालत झापाबाट प्रहरीले ५ दिनको म्याद लिएर उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .