ad ad

राजनीति


गोर्खा सैनिकले भनेः भारत, सिंगापुर र ब्रुनाइसँग पनि सरकारले द्विपक्षीय सम्झौता गर्नुपर्छ

गोर्खा सैनिकले भनेः भारत, सिंगापुर र ब्रुनाइसँग पनि सरकारले द्विपक्षीय सम्झौता गर्नुपर्छ

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १०:३,

भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)ले बेलायतसँग सरकारले गोर्खा सैनिकका विषयमा द्विपक्षीय वार्ताका लागि गरेको पहलको स्वागत गरेको छ।

गोर्खा सैनिकका सम्बन्धमा नेपाल र बेलायतबीच हुने कूटनीतिक वार्तामा आफूहरुलाई सामेल गरिनुपर्ने उनीहरुको माग छ। 

नयाँ बानेश्वरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै गेसोका अध्यक्ष कृष्णकुमार राईले बेलायतसँग जस्तै भारत, सिंगापुर र ब्रुनाइसँग पनि सरकारले गोर्खा सैनिकबारे द्विपक्षीय सम्झौताका लागि पहल अघि बढाउनुपर्ने बताए।

geso8.jpg

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायती सैनिक सरह सेवा सुविधाका लागि लामो समयदेखि आन्दोलन गरिरहेका छन्।

सन् १९४७ मा नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार गोर्खा सैनिकहरु ती मुलुकको सेवामा छन्।

पछिल्लो समय परराष्ट्र मन्त्रालयले गोर्खा सैनिक भर्तीबारे नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौता हुनुपर्ने भन्दै बेलायत सरकारलाई पत्र पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .