ad ad

राजनीति


मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

नेपालखबर
असार १४, २०८१ शुक्रबार २०:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। पछिल्लो एक महिने समीक्षा यात्राका क्रममा तयार पारिएको प्रतिवेदनबारे पार्टीमा छलफल नगरी मिडियामा सार्वजनिक भएका बुँदाहरूबारे पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो। 

पार्टीका एक पदाधिकारीका अनुसार, शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उनलाई यसको कारण सोध्दै स्पष्टीकरण सोधेको हो। 

‘पार्टी अनुशासन आयोगबाट उहाँ (मुकुल)लाई स्पष्टीकरण सोधिएको हो,’ ती पदाधिकारीले भने, ‘पार्टीबारे बनाइएको प्रतिवेदनका बुँदाहरू किन बाहिर सार्वजनिक गरिएको हो, त्यसको कारण सोध्दै पत्र पठाइएको छ।’

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन र त्यसपछिका अभिव्यक्तिका कारण रास्वपा तरंगित भएको छ। 

तर, महामन्त्री ढकालले भने स्पष्टीकरण स्वीकार गरेका छैनन्।

उनले त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नु भएको छैन। सबैको जानकारीका लागि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .