ad ad

राजनीति


गिरिजाको तस्बिर हेर्दै बाबुरामले भने : शान्ति प्रक्रिया पूरा नभए दुर्भाग्य हुन्छ

गिरिजाको तस्बिर हेर्दै बाबुरामले भने : शान्ति प्रक्रिया पूरा नभए दुर्भाग्य हुन्छ

फाइल फोटो


नेपालखबर
असार १८, २०८१ मंगलबार १७:०, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्न ढिलाई गर्न नहुने बताएका छन्।

मंगलवार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि सरकार र राजनीतिक दलहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाई गर्न नहुने बताए।

उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए। अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गन पनि दलहरु प्रतिवद्ध भएर लाग्नुपर्ने बताए।

उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको योगदानको सम्मान गर्ने हो भने प्रतिवद्धता गरौं भन्न मेरा पनि आग्रह छ। संयोगले प्रमुख दलहरुले नै मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ। मत सरकारमा पनि छैन। तर त्यो शान्ति प्रक्रियालाई टुंग्याउने जुन विषय छ। यसलाई हामीले किन हल्का रुपमा लिएका छौँ? कोइरालाले आफ्नो जीवनका अन्तिम कालका शान्ति प्रक्रियाको काम टुंगाउने जिम्मेवारी तपाईहरुको काँधमा छ भन्नु एको थियो। तर त्यो अझै पूरा हुन सकेको छैन। त्यसलाई तत्काल पूरा गर्नु पर्छ।’

अध्यक्ष भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरु एकैठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .