राजनीति


नेकपा नेता जनार्दन शर्माको प्रश्नः सरकारले मलाई आत्मसमर्पण गराउन खोजेको हो?

नेकपा नेता जनार्दन शर्माको प्रश्नः सरकारले मलाई आत्मसमर्पण गराउन खोजेको हो?

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ८:९,

पूर्वगृहमन्त्री तथा सत्तारुढ नेकपाका नेता जनार्दन शर्माले सरकारले नेपाल ट्रष्टको सम्पत्तीबारे विस्तृत विवरण सार्वजनिक गर्दा आफूलाई जबर्जस्ती जोडेर विवादमा ल्याएको भन्दै आपत्ती जनाएका छन्।

शर्माले बिहीबार संसद बैठकमा बोल्दै रक्षामन्त्री इश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको विवरणप्रति आपत्ती जनाएका हुन्। उनले रक्षामन्त्रीले ल्याएको ‘श्वेतपत्रलाई अश्वेतपत्र’को संज्ञा दिए।

शर्माले नेपाल ट्रष्टका सम्पत्तीबारे गरेका निर्णयमा आफ्नो नाम जोडेर सरकारले आफूलाई तर्साउन, र आत्मसमर्पण गराउन खोजेको आरोप लगाए।

आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजिनामा दिएर पत्रकार सम्मेलन गरेको तर सो श्वेतपत्रमा कात्तिक १३ गते निर्णयमा आफूलाई जबर्जस्ती जोडेको दाबी गरे।

असोज ३० गते नै आफूलाई विनाविभागीय मन्त्री बनाइएको र ती निर्णयमा आफ्नो कुनै संलग्नता नभएको उनले जिकिर गरे।

‘विश्वासको संकट भयो, किन यस्तो भयो, यस्तो किन गरियो?’ उनले बिहीबार संसदमा प्रश्न उठाए। ‘मलाई शंका भयो। आफ्नै पार्टीको सरकारलाई सहयोग गर्दागर्दै किन यसरी मेरो नाम जबर्जस्ती लेखियो, रक्षामन्त्री, सरकारबाट जवाफ चाहन्छु।’

आफ्नो पार्टीको सरकारलाई सहयोग गर्दागर्दै पनि आफ्नो नाम लेखेर मिडियाबाजी गरेकोमा सरकारबाट जवाफ चाहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad