ad ad

राजनीति


देउवा–ओलीको भेटले सत्ता समीकरण उलटफेर हुँदैन : माओवादी सांसद सापकोटा

देउवा–ओलीको भेटले सत्ता समीकरण उलटफेर हुँदैन : माओवादी सांसद सापकोटा

नेपालखबर
असार १७, २०८१ सोमबार १३:५८, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरूबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने दाबी गरेका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरणउलटफेर नहुने बताएका हुन्। 

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने जिकिर गरे।

‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ। एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा वित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरू हामीले पढ्न पाउछौँ,’ उनले भने, ‘मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरू बस्न बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने। सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ। यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन। त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन। तरपनि राजनीतिक दलका नेताहरुका बीचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो।’ 

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .