ad ad

राजनीति


एकीकृत समाजवादीको नेतृत्वमा माधव भर्सेस घनश्याम : कुन नेता कतातिर?

एकीकृत समाजवादीको नेतृत्वमा माधव भर्सेस घनश्याम : कुन नेता कतातिर?

नेपालखबर
असार १७, २०८१ सोमबार १५:२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको महाधिवेशन बन्द सत्रमा प्रवेश गरेको छ। झलनाथ खनालको नेतृत्वमा अध्यक्षमण्डल चयन गरेसँगै केन्द्रीय कार्यसमिति विघटन भएको छ।

अब यही अध्यक्षमण्डलले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनेछ।

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपालले दोहोरिने आकांक्षा राखेका छन् भने यसअघिका महासचिव घनश्याम भुसालले पुस्तान्तरणको नारा दिँदै आफू अघि सर्ने तयारी गरेका छन्।

कार्यकर्ता तहमा कसको पक्षमा कति छन् भन्ने त चुनावले नै देखाउला। तर, केन्द्रीय तहको नेताहरू भने करिब समानरूपमा विभाजन भएको देखिँदै छ। यद्यपि नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको छ।

पदाधिकारी तहमा हेर्ने हो भने मधव नेपालको पक्षमा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, जयन्ती राई, केशवलाल श्रेष्ठ, प्रमेश हमाल, राजेन्द्र राई, जगन्नाथ खतिवडा, गंगालाल तुलाधारलगायत छन्।

घनश्याम भुसालका पक्षमा घनेन्द्र बस्नेत, प्रकाश ज्वाला, डा. विजय पौडेल, गरिमा शाह, जीवनराम श्रेष्ठ, हरि पराजुलीलगायतका नेता छन्। 

रामकुमारी झाँक्रीले अहिलेसम्म कित्ता प्रस्ट नपारेको नेताहरूले बताएका छन्। दुवै पक्षले आफूतिर आउने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .