ad ad

राजनीति


नयाँ समीकरणलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : शेखर कोइराला

नयाँ समीकरणलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : शेखर कोइराला

नेपालखबर
असार २१, २०८१ शुक्रबार १८:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए।

‘यो कुरालाई अघि बढाउँ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ। सबै साथीहरूसँग कुरा गर्दा अन्तत्वगत्वा आएको छ, तर अहिले नै खुसी हुनसक्ने अवस्था छैन। अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ? भन्ने हामीले सोच्नुपर्छ,’ कोइरालाले भने, ‘किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ। टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो।’ 

संविधानलाई सबैले मान्नुपर्ने बताउँदै कोइरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए। सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको उनको भनाइ थियो।

‘मैले त आठ, नौ महिला पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ। यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौथो हुन थालिसक्यो अब त। नेपाली कांग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला। तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बन्यो,’ उनले भने, ‘उहाँहरूको बीचमा के मिलेन, फेरि कांग्रेससँग  आयो। त्यसपछि फेरि कांग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो। यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने? भन्ने मलाई लाग्यो। म बोलि पनि रहेको थिएँ,’ उनले भने, ‘हामीले संविधानमा मिनिमम केके सुधार गर्नसक्छौँ? किनभने संविधानको डकुमेन्ट ठूलो छ। त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला। ती धेरैकुरामा छेडखानी गर्न थाल्यौँ भने संविधान सुधार हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .