ad ad

राजनीति


जसपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

जसपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट प्रदीप यादव प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै


नेपालखबर
असार २१, २०८१ शुक्रबार १९:१७, काठमाडौँ

अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। 

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनीहरूले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन्।

जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी थिए। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातारण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा बुझाएका हुन्। 

यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेसँगै जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन्।

वन तथा वातारण मन्त्रीबाट नवलकिशोर साह सुडी प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .