ad ad

राजनीति


मधेसका मुख्यमन्त्री सिंहलाई एमाले, कांग्रेस र माओवादीले विश्वासको मत दिने

मधेसका मुख्यमन्त्री सिंहलाई एमाले, कांग्रेस र माओवादीले विश्वासको मत दिने

नेपालखबर
असार २१, २०८१ शुक्रबार १८:२८, काठमाडौँ

मधेस प्रदेसमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ।

जनमत पार्टीकी सचेतक अनिता कुमारी शाहले तीनै दलले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने समझदारी गरेका हुन्।

‘अहिलेसम्म कांग्रेस, एमाले र माओवादीसँग हाम्रो मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे समझदारी भएको छ,’ उनले भनिन्, ‘लोसपाले पनि मत दिन्छौँ भन्नुभएको छ, हेरौँ भोलिसम्म के हुन्छ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमकान्त झाले दिएको जानकारी अनुसार, शुक्रबार पार्टीको संसदीय दलको बैठक बसेको थियो। 

‘आज हाम्रो दलको बैठक बसेको थियो, हामी सकेसम्म आफैँ सरकार बनाउनुपर्छ भन्नेमा छौँ,’ झाले भने, ‘तर, आजको बैठकमा सहमति जुट्न सकेन, भोलि फेरि बैठक राखेका छौँ।’

सिंहले भोलि (शनिबार) प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .