ad ad

राजनीति


सत्तारुढ दलका शीर्ष नेतासँग प्रचण्डले भने– नयाँ समीकरणको पछाडि रहस्य छ

सत्तारुढ दलका शीर्ष नेतासँग प्रचण्डले भने– नयाँ समीकरणको पछाडि रहस्य छ

नेपालखबर
असार २१, २०८१ शुक्रबार १९:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले अहिलेको गठबन्धन छाडेर नेपाली कांग्रेससँग मिल्न खोज्नु रहस्यमय भएको बताएका छन्। 

शुक्रबार दिउँसो सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेताहरूसँग सिंहदरबारमा भएको छलफलका क्रममा उनले ०६२-०६३ को उपलब्धिमाथि नै प्रहार गर्ने कदम भएको हुनसक्ने आशंका गरे। 

‘अहिलेको परिस्थितिमा समीकरण अलिकति अनौठो आश्चर्यजनक हुँदैछ। संसदीय प्रणालीमा यो सामान्य होइन,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्रद्धृत गर्दै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘यसका पछाडि केही रहस्य छन्। कतै ०६२-०६३ का उपलब्धिहरूलाई नै अन्य गर्नेतिरको दिशामा हो कि?’

साथै, प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको विषयलाई पनि विचार गरेर सोच्नुपर्ने बताएका थिए। 

‘संविधान संशोधन अग्रमन वा पश्चगमनका लागि हो त्यो निर्क्योल गर्नुपर्ने हुन्छ। हामी पश्चगमनविरुद्ध दृढतापूर्वक बोल्ने मात्रै होइन, सडकमा पनि उत्रन्छौँ,’ प्रचण्डले भने। 

साथै, प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते आफूले विश्वासको मत लिन लागेको जानकारी पनि समर्थित दलका नेताहरूलाई गरेका थिए। 

‘हामी उहाँकै प्रधानमन्त्रित्वमा बनेको सरकारमा सहभागी छौँ, त्यो नाताले उहाँले हामीलाई पनि बोलाउनुभयो। २८ गते विश्वासको मत लिँदै छु, दिनुपर्‍यो भन्नुभयो,’ खनालले भने, ‘हामी तपाईंको नेतृत्वको सरकारमा सहभागी भएका हौँ। हामीले नदिने भन्ने कुरै भएन। हामी त दिन्छौँ। तपाईंको सरकार गिर्‍यो भने सँगसँगै हामी पनि गिर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .