ad ad

राजनीति


नाउपा संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो, गंगाराम नयाँ नेता

नाउपा संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो, गंगाराम नयाँ नेता

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार ९:१९, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत संघीय सांसदले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन्।

पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन्। रञ्जिता नाउपाका संस्थापक नेता रेशम चौधरीकी पत्नी हुन्।

प्रतिनिधिसभामा चार जना सांसद रहेको नाउपामा रेशम र रञ्जिताबीच राजनीतिक रुपमा तीव्र मतभेद छ। 

सांसद गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा) रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन्।

गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ।

संसदीय दलका नयाँ नेता लालवीर चौधरीले रञ्जितालाई दलको नेताबाट हटाउनुको कारण खुलाएनन्। ‘यस विषयमा हामी अहिले थप केही बोल्दैनौँ,’ उनले भने, ‘रञ्जिता जी पनि हाम्रै नेता हो। जिम्मेवारी हेरफेर गरिएको मात्रै हो।’

उनले प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि थप कुरा खुल्ने बताए। 

हेर्नुहाेस् नाउपाकाे निर्णय


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .