ad ad

राजनीति


वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइनमार्फत हुने

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइनमार्फत हुने

नेपालखबर
असार १५, २०८१ शनिबार ११:४२, काठमाडौँ

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गतेदेखि पूर्णरुपमा अनलाइनमार्फत हुने भएको छ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै त्यसबारे जानकारी दिए।

नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरू साउन १ गते देखि अनलाइनमार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह चुस्त हुने परराष्ट्रमन्त्री श्रेष्ठको विश्वास छ। सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यसलाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो।

खाड़ी मुलुक एवं मलेसिया लगाएत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदूतावासहरूले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्यरूपमा अनलाइनमार्फत गर्नुपर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो। यसलाई लागू गर्नुअघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ।’

परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलास, उद्धार, मृतको शव झिकाउने, राहत र क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन  सेवालाई सबै नियोगहरुले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .