ad ad

राजनीति


एमालेबाट विद्रोह नगरेको भए अहिले गल्लीतिर भड्किराखेका हुन्थ्यौँ : नेपाल

एमालेबाट विद्रोह नगरेको भए अहिले गल्लीतिर भड्किराखेका हुन्थ्यौँ : नेपाल

फाइल फोटो


नेपालखबर
असार १४, २०८१ शुक्रबार १९:४४, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायोचित काम गरेको बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताएका हुन्।

एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए।

आफूहरुले मुलुकलाई सही दिशामा अगाडि बढाउन भुमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको दाबी गरे।

उनले एमालेबाट विद्रोह नगरेको भए आफुहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताए।

नेता नेपालले आफूहरूले आत्मसर्मपण नगरेको बताए।

उनले भने, ‘विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन। विद्रोह गरेर संविधान बचायौँ हामीले। विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौँ। विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि भुमिका निर्वाह गर्‍यौँ। अत्यन्तै सही काम गर्‍यौँ। कम्युनिस्ट आन्दोलनलाई जोगायौँ।’

अध्यक्ष नेपालले थपे, ‘नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौँ। नभए हामी हराइसकेका हुन्थ्यौँ। हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो। आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो। हामीले ति सबै कुराहरुलाई स्वीकार गरेनौँ। हामीले समर्पण गरेनौँ। धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ।’

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको बताए।

उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए। आगामी दिनमा पार्टीको सिट संख्या बढ्ने उनको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .