ad ad

राजनीति


सचिवालयको निर्णयबाट असन्तुष्ट ओलीले नेपाललाई भेटे

सचिवालयको निर्णयबाट असन्तुष्ट ओलीले नेपाललाई  भेटे

नेपालखबर
फागुन १४, २०७६ बुधबार १२:०,

नेकपाको सचिवालय बैठकको निर्णयाबाट असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले सचिवालय सदस्य माधवकुमार नेपालसँग भेट गरेका छन्।

सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको केही समयमै प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटारमै बोलाएर भेट गरेका हुन्।

प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र नेता नेपालबीच केही समय छलफल भएको थियोे। ‘प्रधानमन्त्रीज्यु र वरिष्ठ नेता नेपालले बालुवाटारमा केही समय छलफल गर्नुभयो’, स्रोतले नेपालखबरसँग भन्यो।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। सचिवालयको बहुमतले गरेको निर्णयप्रति पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली असन्तुष्ट रहेका थिए। उनले असहमत हुँदाहुँदै बहुमतको निर्णय स्वीकार गर्ने बताएका थिए।

त्यसको एक घण्टापछि नै प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रियसभामा युवराज खतिवडालाई नै सिफरिश गर्ने बताएका थिए।

‘राष्ट्रियसभामा युवराज खतिवडालाई नै सिफरिश गर्छु, तपाईं बालुवाटार आउनुहोस् थप छलफल गरौँ’, ओलीले नेपाललाई भनेको भनाइ उदृत गर्दै नेपालनिकट एक नेताले भने, ‘तर, सचिवालयले गरेको निर्णय उल्ट्याउन कसरी सम्भव होला र?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .