नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको टिप्पणी गर्दै सांसद खतिवडाले ३ करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरूले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताए।
‘प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ। ३ करोड भन्दा तलका योजना मुनिका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो,’ खतिवडाले भने, ‘तर मन्त्रीहरू अहिले पनि मानेका छैनन्। प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदैछ। प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो।’
साथै, आगामी दिनमा बजेट ल्याउने र पारित गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने जरूरी रहेको उनको भनाइ थियो।
Shares
प्रतिक्रिया