ad ad

राजनीति


कम्युनिस्ट आन्दोलनमा विद्रोहको ज्वाला दन्काएका छौँ : माधव नेपाल

कम्युनिस्ट आन्दोलनमा विद्रोहको ज्वाला दन्काएका छौँ : माधव नेपाल

नेपालखबर
असार ११, २०८१ मंगलबार १७:५९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका बिरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूहरु समाजलाई रुपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताए।

नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि अध्यक्ष नेपालको भनाई छ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफूहरुले विद्रोहको ज्वाला दन्काएको बताए। उनले कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएको दाबी पनि गरे।

उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ। विद्रोह गर्ने आँट गरेका छौँ, कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका बिरुद्धमा विद्रोहको ज्वाला दन्काएका छौँ। एक्लै भएपनि अघि बढ्ने हिम्मत गरेका छौँ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरववोध गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .