ad ad

राजनीति


बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस् : सांसद कंशाकार

बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस् : सांसद कंशाकार

फाइल फोटो


नेपालखबर
असार १०, २०८१ सोमबार १५:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गरकी छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन्। त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताइन्।

त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको उनको भनाई छ। उनले बालश्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्वपूर्ण भएपनि स्थानीय तहहरुले चासो नदेखाएको बताइन्।

बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्नुपर्नेमा सांसद क‌ंशाकारले जोड दिइन्।

उनले भनिन्, ‘विभिन्न बहानामा बालबालिकालाई आर्थिक प्रलोभन देखाइ जोखिमयुक्त काममा लगाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दछु। बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्दै, शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न यस सदनमार्फत सरकारको ध्यनाकर्षण गराउन चाहन्छु।’

उनले बालबालिकालाई शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .