नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने बताएकी छन्।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसैको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन्।
‘कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित हुँदैन,’ उनले भनिन्, ‘मुद्दा अवधिभर उहाँ (मुख्यसचिव बैकुण्ठ अर्याल) को पद स्वतः निलम्बनमा हुन्छ। त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ। अर्कोतिर पद रिक्त भएको छैन। त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको हो। उहाँको अवधिभर यो विशेष पद रहन्छ। उहाँको अवधि सकिएपछि विशेष पद स्वतः हट्छ।’
मन्त्रिपरिषद् बैठकले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको छ। अर्यालको निलम्बनसँगै प्रधानमन्त्री कार्यालयकै कानुन सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन्।
Shares
प्रतिक्रिया