मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानबापतको रकम वितरण गर्ने निर्णय गरेको छ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदान रकम वितरण गर्ने निर्णय गरेको जानकारी दिइन्।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा स्थानीय तहलाई दिने भनेर ८७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ विनियोजन भएको थियो। सोमध्ये ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ वितरण गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
‘आर्थिक वर्ष २०८०/८१मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदान रकम हस्तान्तरण गर्ने भन्ने निर्णय भएको छ’, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले भनिन्, ‘स्थानीय तहलाई दिने भनेर अहिले ८७ अर्ब ३५ करोड २९ लाख अघिल्लो आवमा विनियोजन भएको थियो। त्यसमध्येको ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ तत्तत् स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको छ।’
Shares
प्रतिक्रिया