दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलले पदप्रति असन्तुष्टि जनाएका छन्।
उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो। ‘मेरो असन्तुष्टि हो, मैले कन्सल्ट गर्दैछु। केहीबेरपछि सबै कुरा थाहा पाउनुहुन्छ,’ प्याकुरेलले नेपालखबरसँग भने।
प्याकुरेल निकट स्रोतका अनुसार, राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयलाई पत्र बुझाइसकेका छन्।
उनले सचिवालयमा पत्र बुझाउँदै भनेका छन्, ‘मलाई राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद, तर मेरो रुचि र सहमति नभएकोले असमर्थ छु।’
1.5k
Shares
प्रतिक्रिया