ad ad

राजनीति


परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

नेपालखबर
असार ८, २०८१ शनिबार २१:२१, काठमाडौँ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन इरान प्रस्थान गरेका छन्।


नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ शनिबार साँझ इरान प्रस्थान गरेका हुन्। उनलाई विदाइ गर्न परराष्ट्र सचिव सेवा लम्साल, पराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई लगायतका अधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थिए।

इरानको तेहरानमा असार १० गते हुने एशिया सहयोग संवादको मन्त्रीस्तरीय बैकठपछि श्रेष्ठले द्वीपक्षीय भेटवार्ता थाल्ने छन्। उक्त बैठकको साइडलाइनमा उनले  विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

त्यस्तै परराष्ट्र मन्त्रालयका उपसचिव ज्ञानबहादुर मगरले वरिष्ठ अधिकारीको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। 


परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते गते नेपाल फर्किनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .