ad ad

राजनीति


आठ देशमा राजदूत सिफारिस, भारतमा रेग्मी, अमेरिकामा घिमिरे

आठ देशमा राजदूत सिफारिस, भारतमा रेग्मी, अमेरिकामा घिमिरे

नेपालखबर
असार ७, २०८१ शुक्रबार १९:५२, काठमाडौँ

मन्त्रिपरिषद्ले ८ देशका लागि राजदूत सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक ८ देशका लागि राजदूत सिफारिस गरेको हो।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेललाई पठाउने भएको छ। घिमिरे उद्योग मन्त्रालयका पूर्वसचिव हुन्। 

रेग्मी यसअघि बेलायतका राजदूत भइसकेका व्यक्ति हुन्। प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। उनी विद्या भण्डारी राष्ट्रपति छँदा सल्लाहकार पनि भएका थिए। 

यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजन पन्त बेलायत, डा पुष्पराज राजकर्णिकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

तुलाधर र डा तिम्सिना सामाजिक आन्दोलनमा सक्रिय छन्। तुलाधर २०७८ जेठमा अस्ट्रेलियाका लागि राजदूत सिफारिसमा परेकी थिइन्। उनी मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी पनि हुन्। गैरसरकारी संस्था सिबिनसँग पनि आबद्ध थिइन्।

डा तिम्सिना गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन्। उनी अति कम विकसित देशहरू (एलडीसी) का नागरिक संस्थाहरूको अन्तर्राष्ट्रिय आन्दोलनमा सहभागी सहभागी छन्। उनले नेपाल रेडक्रस सोसाइटीको पनि नेतृत्व गरिसकेका छन्।

पन्त भने यसअघि सुशील कोइराला प्रधानमन्त्री छँदा सल्लाहकार थिए। यसपटक माओवादी कोटामा राजदूत सिफारिस भएका हुन्।उनी बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डको गरिबी र मानव विकास विभागअन्तर्गतको एक समितिको सल्लाहकार पनि भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .