ad ad

राजनीति


नेतृत्वले आफू र परिवार मात्रै हेर्दा युवा पुस्तामा निराशा छायो : केसी

नेतृत्वले आफू र परिवार मात्रै हेर्दा युवा पुस्तामा निराशा छायो : केसी

नेपालखबर
असार ५, २०८१ बुधबार १५:५१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन्।

उनले सदनमा आएका सांसद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेको स्मरण गरे। तर अहिलेका युवा विद्यार्थीहरुले राजनीतिक,राष्ट्रियता र देशप्रति निराश रहेको बताए।

उनले युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद, राजनीतिक नेनृत्व हुन आवश्यक रहेको बताए।

उनले भने, ‘नेपालका नयाँ युवा पीडि अत्यन्तै निराश छ। सदनमा आएका सांसद पनि विद्यार्थीबाट नै आएका हैनौं? विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौँ। अहिलेका नयाँ युवाहरुलाई सोध्नुस्। राजनीतिक, राष्ट्रियता र देशप्रति उनीहरु निराश छन्।’

उनले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरुले देश छाडेर गइरहेको बताए।

अध्यक्ष केसीले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको केसीको भनाई छ।

केसीले भने, ‘युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद हुनुपर्छ। हामीले राजनीति राष्ट्र र जनताको लागि गरेनौं। हामीले आफ्नो र परिवारको लागि राजनीति गरौं। त्यो परिणाम अहिले लाखौं लाख युवाहरुले देश छोडेर गइरहेका छन्। अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ।’

 बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .