ad ad

राजनीति


इलाम-१ मा पुनः निर्वाचन गराउनुपर्ने खनालको मागमा सर्वोच्चमा सुनुवाइ

इलाम-१ मा पुनः निर्वाचन गराउनुपर्ने खनालको मागमा सर्वोच्चमा सुनुवाइ

नेपालखबर
असार ५, २०८१ बुधबार १३:१३, काठमाडौँ

इलाम–१ को निर्वाचन बदरको माग राखी पूर्वप्रधानमन्त्री झलनाथ खनालले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनको निवेदनमा सुनुवाइ भइरहेको छ।

उक्त इजलासमा आज अधिकांश मुद्दा निर्वाचनसम्बन्धी छन्। तीमध्ये केहीमा सुनुवाइ सकिइसकेको छ।

खनालले २०७९ मंसिरमा भएको निर्वाचनको परिणाममा चित्त नबुझेपछि सर्वोच्चमा रिट दायर गरेका थिए।

उनले त्यो निर्वाचन बदर गरी पुनः चुनाव गराउन माग गरेका छन्।

उक्त निर्वाचनमा खनाललाई एमालेका महेश बस्नेतले २ हजार ९ सय ५७ मतले पराजित गरेका थिए। 

बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत पाएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .