ad ad

राजनीति


प्रस्तावित गण्डकी विश्वविद्यालयका कुलपतिलाई मन्त्रीको सुविधा

प्रस्तावित गण्डकी विश्वविद्यालयका कुलपतिलाई मन्त्रीको सुविधा

वाशुदेव मिश्र
फागुन १३, २०७६ मंगलबार १४:०,

 प्रस्तावित गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङलाई सरकारले मन्त्रीसरहको सुविधा दिने भएको छ।

विश्वविद्यालयको थप प्रक्रिया अगाडि बढाउन कुलपति नियुक्त गरेको सरकारले उनलाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

उनको गत फागुन ४ गते प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्रीले सपथग्रहण गराएका थिए।

गण्डकी सरकारको निर्णय अनुसार कुलपतिले मासिक तलबसहित आवास, नीजि आवासमा बस्ने भए १ लाख ५० हजार, आवास मर्मत खर्च, फर्निचर बापत १ लाख, मासिक १५० लिटर इन्धन, मोबिल ५ लिटर, सवारी साधनको सुविधा पनि पाउनेछन्। यस्तै, सञ्चार खर्च २ हजार रुपैयाँ मासिक, अतिथी सत्कार १५ हजार र बिजुली, धाराको सुविधा बिल अनुसार पाउनेछन्।

यसबाहेक दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय रुपैयाँ स्वदेशमा र १२५ डलर विदेश भ्रमण बापत पाउनेछन्। एकजना कार्यालय सहयोगी र शाखा अधिकृत सरहको स्वकीय सचिवको सुविधा पनि पाउनेछन्। मन्त्रीको सुविधा दिने भए पनि कुलपति नियुक्त भएको हप्तादिन बित्दा पनि उनको कार्यकक्षको टुंगो भने लागेको छैन।

प्रदेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयको एउटा कोठालाई कुलपतिको कार्यालय बनाइएको छ। सरकारले विश्वविद्यालयका लागि ६ जना कर्मचारी नियुक्त गरेको छ।

यसैबीच विश्वविद्यालयलाई अगाडि बढाउन अब सरकारले उपकुलपति नियुक्तीको प्रक्रिया अगाडि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले उपकुलपति नियुक्तिको लागि सिफारिस समितिसमेत गठन गरिएको बताए।

उक्त समितिको संयोजक सामाजिक विकासमन्त्री रहने छन भने, सदस्यमा कुलपति र सोही मन्त्रालयका सचिव रहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .