ad ad

राजनीति


निर्वाचन आयुक्तमा कृष्णमान प्रधान, अरूमा सहमति भएन

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान, अरूमा सहमति भएन

नेपालखबर
असार २, २०८१ आइतबार १९:२९, काठमाडौँ

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई नियुक्त गर्न संवैधानिक परिषदले सिफारिस गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो।

प्रधान नेपाल कानुन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। 

उपसभामुख इन्दिरा रानाका अनुसार, अन्य संवैधानिक अंगको पदाधिकारीमा भने नियुक्तिको सिफारिस हुन सकेन।

प्रस्तावित सदस्यहरूको योग्यतामा प्रश्न उठेपछि सहमति हुन नसकेको हो।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन्।

बैठकममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थियो। 

निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको तयारी परिषद सचिवालयले गरेको छ। 

संवैधानिक परिषदको सिफारिस संसदीय अनुमोदन भएमा राष्ट्रपतिले संवैधानिक पदाधिकारी नियुक्त गर्ने प्रावधान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .