ad ad

राजनीति


बजेटको तनावबीच प्रचण्ड र ओलीले गरे साढे दुई घण्टा छलफल

बजेटको तनावबीच प्रचण्ड र ओलीले गरे साढे दुई घण्टा छलफल

फाइल तस्बिर


नेपालखबर
असार २, २०८१ आइतबार १८:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अढाई घण्टा भेटवार्ता भएको छ।

संवैधानिक परिषद् बैठक बस्नु अघि प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगेका हुन्।

प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच संवैधानिक परिषद्को बैठकको तयारीबारे छलफल भएको दाबी गरेको छ। 

‘प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली दिउँसो साढे १ बजे सिंहदरबार आउनुभएको थियो, तीनबजेसम्म भेट भयो,’ सचिवालयका एक सदस्यले भने, ‘संवैधानिक परिषद्को बैठकअघि उहाँहरु भेट्नुभएको हो।’

तर, प्रदेश र केन्द्र सरकारले ल्याएको बजेटको विषयमा असन्तुष्टि चुलिएपछि ओली प्रधानमन्त्री भेट्न पुगेका हुन्। 

‘बागमती प्रदेशमा ल्याइएको बजेटप्रति मुख्यमन्त्री आफैँ असन्तुष्ट हुनुहुन्छ,’ प्रचण्ड निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘यता केन्द्रमा ओली आफैँले असन्तुष्टि जनाइरहनुभएको छ। यही विषयमा साझा धारणा बनाउने प्रयत्न भएको हो।’

यद्यपि उनीहरूबीच भएका अन्य छलफलका विषयबारे भने केही खुलाइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .