ad ad

कला


‘मिस सुप्रानेसनल’ मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड उडिन् सजिना खनाल

‘मिस सुप्रानेसनल’ मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड उडिन् सजिना खनाल

नेपालखबर
असार २, २०८१ आइतबार १८:३१, काठमाडौँ

‘मिस सुप्रानेसनल नेपाल २०२४’ सजिना खनाल पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्दै उनी आइतबार त्यसतर्फ प्रस्तान गरेकी हुन्।

आइतबार बिहान सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेको मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले जानकारी दिए। साथै सजिनाले मिस सुप्रानेसनलमा नेपालका लागि पहिलो स्थान दिलाउने समेत उनको विश्वास छ।

सलिनाले पनि आफ्नो देश नेपाललाई मिस सुप्रानेसनलमा प्रतिनिधित्व गर्ने अविश्वसनीय यात्रा सुरु भएको फेसबुकमा उल्लेख गरेकी छिन्।

‘मिस सुप्रानेसनल’ को फिनाले भने आगामी ६ जुलाईमा हुँदैछ। ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन्।

सर्लाहीकी सजिनाले गत चैत २२ गते मिस सुप्रानेसनल नेपाल २०२४ को ताज पहिरिएकी थिइन्। यसअघि सजिनाले श्रीलंकामा भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ को सह विधा मिस एलिगेन्सको उपाधि जितेकी छिन्।

आगामी ४ जुलाईमा पोल्यान्डमै मिस्टर सुप्रानेशनलको अन्तिम पनि आयोजना हुँदैछ। जसमा सहभागी हुनको लागि मिस्टर सुप्रानेसनल नेपाल धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .