ad ad

राजनीति


सोविताको प्रश्न– ब्याकप्याकर्स पर्यटकहरू भित्र्याएर नेपालको पर्यटन प्रवर्द्धन हुन्छ?

सोविताको प्रश्न– ब्याकप्याकर्स पर्यटकहरू भित्र्याएर नेपालको पर्यटन प्रवर्द्धन हुन्छ?

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १५:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छिन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताएकी हुन्।

‘बजेट विनियोजन मज्जाले नियालेर हेर्ने हो भने मन्त्री र सांसदहरूबीचको शक्ति संघर्षमा मन्त्रीले सांसदलाई हराएको जस्तो र गर्व गरेको जस्तो देखिन्छ। त्यो बजेटले बोल्ने कुरा हो। मन्त्रीहरू बजेटमा उत्कृष्ट हुनुहुन्छ कि, सांसदहरू भन्दा एकदम उत्कृष्ट हो कि, उहाँहरुको ठाउँमा चाहीँ बढी नै पर्नुपर्ने हो कि भन्नेजस्तो भान हुन्छ,’ उनले भनिन्, ‘टुक्रे बजेटलाई प्रश्रय नदिऔँ। यतिधेरै टुक्रे बजेटहरू विनियोजन भएको छ कि एकलाखे बजेटले एउटा लाखे नाच आयोजना गर्न पनि पुग्दैन रहेछ। त्यस्तो किसिमको बजेट विनियोजन भएको देखियो। मन्त्रीले मागेजति दिदाँ एकछिन वाहवाही त होला तर नेपालको पर्यटन क्षेत्रमा यसले कत्तिपनि योगदान दिन सक्दैन।’

त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताउँदै उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्राउनुपर्ने बताइन्। 

नेपालको पर्यटनको मुल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरूबाट पर्यटन प्रवद्र्धन नहुने उनको भनाइ छ।

‘हामीले भुटानमा जस्तो संख्यामा होइन, खर्च गर्न सक्ने पर्यटन भित्राउने किसिमको नीति लिनुपर्छ जस्तो लाग्छ। किनकी नेपालको पर्यटनको मुल आधार भनेको हाम्रो हिमालहरू हुन्। प्राकृतिक सम्पदाहरू हुन्। यहाँका संस्कृतिहरू हुन्। यदि यही बचाउनुपर्ने हाम्रो सम्पत्ति एक रुपैयाँ खर्च नगर्ने, उल्टै नेपालमा आएर, नेपालीको घरमा टुटेफुटे बोलेर, बसेर खाएर फिर्ता जाने ब्याकप्याकर्स पर्यटकहरू भित्राएर नेपालको पर्यटन प्रर्वद्धन हुन्छ? यसले नेपालको पर्यटन नीतिमा केही योगदान पुर्‍याउँछ? यसले हामीलाई कहाँ पुर्‍याउँछ? त्यही भएर संख्यामा कति पर्यटक आए भन्ने किसिमको गणनागर्ने छोड्दिनुस्। यदि साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरू भित्राउनुपर्छ। त्यसको लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुपर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .