ad ad

राजनीति


संसद्‌मा उठेका सवालको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

संसद्‌मा उठेका सवालको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १२:३, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद्मा उठेका सवालहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठकको शून्य, आकस्मिक र विशेष समयमा उठेका विषयहरूमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफका लागि रुलिङ गरेका हुन्। 

‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु,’ सभामुख घिमिरेले बताए। 

आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणको बारेमा संसद्लाई जानकारी गराउन माग गरेको थियो। 

पार्टीका प्रमुख सचेतक रमेश लेखकले राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुख देशबाहिर जाँदा संसद्मा जानकारी गराउन माग गर्दै सभामुखको रुलिङ माग गरेका थिए। 

साथै, उनले संसद्को न्युनतम गरिमा पनि कायम गर्ने काम नभएको भन्दै खेद व्यक्त गरे।

‘मित्रराष्ट्र भारत ठूलो लोकतन्त्र भएको मुलुक हो, निर्वाचन सम्पन्न भयो खुसीको कुरा हो। महामहिम मोदीजीलाई बधाई दिने, शुभकामना दिने कुरा ठिक हो,’ उनले भने, ‘यो सबै कुरा गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूले यही गरिमामय सदनलाई बिर्सनुभयो कि भन्ने आग्रह गर्न चाहन्छु।’ 

प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .