ad ad

राजनीति


विश्व राजनीतिलाई नेपालले महत्त्वका साथ हेर्न आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

विश्व राजनीतिलाई नेपालले महत्त्वका साथ हेर्न आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

फाइल फोटो


नेपालखबर
असार १७, २०८१ सोमबार १७:१३, काठमाडौँ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्ने बताएका छन्।

सोमवार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्न आवश्यक रहेको बताए।

उनले अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, उर्जा सुरक्षा, अन्तरदेशीय संगठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौति थपिँदै गएको बताए। यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।

नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक रहेको र यसलाई वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी रहेको उल्लेख गरे। उनले विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक रहेको पनि बताए।

उनले भने, ‘नेपालले आफ्नो राष्ट्रहितलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्रनीति अवलम्वन गर्दै आएको छ। यो नीति छिमेकी राष्ट्र र अन्य राष्ट्रसँग समान छ। विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्त्वका साथ हेर्न आवश्यक छ। विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्नुपर्छ।’

उनले थपे, ‘नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक छ। यो वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी छ। अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले आफ्नो राष्ट्रहितलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्रनीति अवलम्वन गर्दै आएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .