ad ad

राजनीति


प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ११:५४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणको बारेमा संसद्लाई जानकारी गराउन माग गरेको छ। 

पार्टीका तर्फबाट प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक रमेश लेखकले राष्ट्रका प्रमुखहरू देश बाहिर जाँदा जानकारी नहुनुको कारण खोजी गरेका हुन्।

साथै, उनले संसद्को न्युनतम गरिमा पनि कायम गर्ने काम नभएको भन्दै खेद व्यक्त गरे।

‘मित्रराष्ट्र भारत ठूलो लोकतन्त्र भएको मुलुक हो, निर्वाचन सम्पन्न भयो खुसीको कुरा हो। महामहिम मोदीजीलाई बधाई दिने, शुभकामना दिने कुरा ठिक हो,’ उनले भने, ‘यो सबै कुरा गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूले यही गरिमामय सदनलाई बिर्सनुभयो कि भन्ने आग्रह गर्न चाहन्छु।’ 

संसद्लाई जानकारी गराउनुपर्ने बाध्यात्मक रुपमै स्थापित भएको स्मरण समेत लेखकले गराए। 

‘हाम्रो परम्परा र संसदीय अभ्यास छ। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनैपनि मित्रराष्ट्रको भ्रमणमा जाँदा सदनलाई किन जाने, के उद्देश्यले जाने, कति दिनका लागि जाने, कहिले फर्कने भनेर जानकारी गराउने बाध्यात्मक रुपमा नै स्थापित भएको परम्परा छ,’ उनले भने।

अहिलेसम्म प्रतिपक्षी दलका तर्फबाट आफूहरू संयमतापूर्वक कुरेर बसेको भए पनि सत्ता र प्रधानमन्त्रीले यसलाई लचिलो ढंगबाट लिन खोजेको उनले बताए। 

‘प्रधानमन्त्रीजी आजभन्दा एक हप्ताअघि जानुभएको छ, उहाँ फर्केर आउनुभएको पनि ५ दिन भइसकेको छ। हामी नेपाली कांग्रेस, प्रतिपक्षी दल संयमतापूर्वक रुपमा कुरेर बसेका थियौँ,’ उनले भने, ‘प्रधानमन्त्रीजीले भारत भ्रमणका बारेमा जानकारी गराउनुहोला भन्ने लागेको थियो, कुरेर बसेका थियौँ। तर प्रधानमन्त्रीजी यहाँ आउन सक्नुभएन, मैले स्मरण गराउनपर्ने भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .