ad ad

राजनीति


स्वास्थ्यमन्त्री खोज्दै जब संसद्को रोस्ट्रममा अमरेश मौन बसे...

स्वास्थ्यमन्त्री खोज्दै जब संसद्को रोस्ट्रममा अमरेश मौन बसे...

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १४:५४, काठमाडौँ

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसद्‌मा विभिन्न मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ। 

बिहीबार तीनवटा मन्त्रालयका बजेटमा छलफल चलिरहेको छ। जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन्। 

मंगलबार बजेटको छलफलमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि भाग लिएका थिए। उनले रोस्ट्रममा पुगेर उद्योग र भूमि व्यवस्था मन्त्रालयको बजेटमाथि सुरुमा टिप्पणी गरे। 

त्यसपछि स्वास्थ्य मन्त्रालयको बजेटमाथि छलफल सुरु गर्न लागेका थिए। ‘स्वास्थ्यमन्त्रीज्यू त हुनुहुन्न, कति छलफल भइरहेको छ, यो छलफल यहिँ रोकौँ, स्वास्थ्यमन्त्री त चाहिन्छ। म यहीँ रोकिन्छु।’

त्यसपछि सभामुख देवराज घिमिरेले स्वास्थ्यमन्त्री संसद्‌मै रहेको जानकारी गराए। ‘पिसाब, सिसाब केही परेर बाहिर निस्कनुभएको हुन सक्छ, उहाँ नआउन्जेल वक्ता माननीयजीले एकछिन रहिदिनुहोला।’

त्यसपछि झण्डै एक मिनेटसम्म सांसद सिंह नबोली उभिइरहे। तुरुन्तै स्वास्थ्यमन्त्री प्रदीप यादव बैठक कक्षमा छिरे।

यादवले स्वास्थ्यमन्त्रीको खोजी गरिरहँदा बैठकमा भएका अन्य सांसदहरू हाँस्दै एक अर्कासँग खुसुखुसु गरिरहेका थिए। सभामुखले स्वास्थ्यमन्त्री आएको जानकारी गराएपछि मात्रै अमरेशले स्वास्थ्य मन्त्रालयको बजेटबारे छलफल थाले।

सांसद सिंह यसअघि गत वर्ष वैशाख २५ गते संसद बैठकमै आफूले लगाएका लुगा खोलेर चर्चामा आएका थिए। उनले भ्रष्टाचारबारे बोल्न नदिएको भन्दै नांगिएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .