ad ad

राजनीति


राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणमा

राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणमा

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १९:१६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका लागि जेनेभा प्रस्थान गरेका छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्विट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका हुन्।

पौडेलाई विदाई गर्न उपराष्ट्रपति रामसाहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। पौडेलले  जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक शत्रलाई सम्बोधन गर्ने छन्।

भ्रमणका क्रममा उनले  जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ।

राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनी जाने छन्। जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा उनी जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने छन्।

 राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन्।  त्यस्तै प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। 

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .